एनआईसी एशिया र नेप्से
विहिवार साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक १८.१५ अंक घटेर बन्द भएको छ।
नेप्से परिसूचक ०.९४ प्रतिशतले घटेर १९१५.१४ विन्दुमा क्लोजिङ्ग भएको हो। बैङ्किङ्ग क्षेत्रको आउने बुललाई लिड गर्ने भनिएको एनआईसी एशियाको आज सबैभन्दा बढी कारोबार भएको छ। आज मात्र ३७ रुपिया गुमाउदै एनआईसी एशियाको ५.१२ प्रतिशतको गिरावटका साथ ६८६मा क्लोजिङ्ग भएको छ। एनआईसी एशिया बैंकको यस दिन २१ करोड ७४ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। लगालग नौ दिन सम्म रातो क्यान्डल बनेको यस स्क्रिप्टले पनि नेप्सेको सूचक घटाउन टेवा पुराइरहेको छ।
बजारले १९१०को बिन्दुलाई सपोर्ट मानेको आजको कारोबार दिनले देखाउछ भने प्रतिरोध १९८०को बिन्दु र त्यस पछाडी २०६०-२१००को जोनमा देखिन्छ।
Comments