नेप्सेमा केही अङ्कको गिरावट, कारोबार रकम १ अर्ब ४१ करोड ३१ लाख !
आज बिहीबार १८.१५ अङ्कले घटेर ०.९४% गिरावटका साथ नेप्से परिसूचक १९१५.१४ अङ्कमा बन्द भएको छ। कारोबार भएका २५९ कम्पनीमध्ये २८ कम्पनी उकालो लागेका छन्, १७९ कम्पनी ओरालो लागेका छन् भने कम्पनी ६ स्थिर रहेका छ।
कारोबार भएका सबै उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारको टप गेनरमा मायाखोला हाईड्रोपावर रहेको छ, जसको १०% मूल्य बढेर कारोबार भएको छ।सबैभन्दा धेरै गुमाउनेमा युनिक नेपाल लघुवित्त रहेको छ जसको सेयर मूल्य ७.६२% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा र भोल्यूममा एन.आइ.सी एशिया बैंकको कारोबार भएको छ।
Comments