नेप्से इन्ट्राडे अपडेट: केही अङ्कको गिरावट !
आज बिहीबार नेप्से बजार २४.७७ अंकले घटेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १९०८ को नजिक आएको छ। २४.७७ अङ्कले घटेर नेप्से परिसूचक १९०८.५२ मा आएको हो। आज २ घण्टामा लगभग ५२ करोड ५७ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी हो।
यस्तै, आजको टप गेनरमा मायाखोला हाईड्रोपावर रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा किसन लघुवित्त रहेको छ।
Comments