सर्ट टर्म बाउन्स आउन सक्ने!!

अघिल्लो कारोबार दिन आइतबार २२ अंक बढेर आशाको किरण दिएको नेप्सेले , आजको  दिन भने १५.७६ अंक घटेर १९३३.२९ विन्दुमा क्लोजिङ्ग दिएको छ । आज १३ वटा नै उपसमूहको परिसूचक घटेका छन्।  १ अर्ब ३३ करोड ३७ लाख १९ हजार रुपैयाँ बराबरको कारोबार रहेको नेप्सेमा १९६२.९४को इन्ट्राडे हाइ बनेको थियो जसले लगानीकर्ता उत्साहित भएर बढी मूल्य पनि तिर्न तयार भएको देखिन्छ।  एमएसीडीका नेगेटिभ हिस्टोग्रामहरु निरन्तर घटिरहेकाले अब छिटै गोल्डेन क्रस देखिन सकिने अनुमान लगाउन सकिन्छ। निश्चित रुपमा मार्केटले सर्ट टर्म या लङ्ग टर्मका लागि बटम बिन्दु छोई सकेको भनेर भन्न नसकिए तापनि यही एरियामा एउटा बटम लागेर सर्ट टर्म बाउन्स आउन सक्ने देखिन्छ। 
सपोर्टको ट्रेन्ड लाइनबाट बाउन्स आए बजारले १९१०को बिन्दुलाई सपोर्ट मान्ने देखिन्छ भने प्रतिरोध २०६०-२१००को जोनमा देखिन्छ।  

Comments

Back to top