नेप्सेमा केही अङ्कको गिरावट, कारोबार रकम १ अर्ब ३३ करोड ३७ लाख !

आज बुधबार १५.७६ अङ्कले घटेर ०.८१% गिरावटका साथ नेप्से परिसूचक १९३३.२९ अङ्कमा बन्द भएको छ। कारोबार भएका २६६ कम्पनीमध्ये ३८ कम्पनी उकालो लागेका छन्, १६६ कम्पनी ओरालो लागेका छन् भने कम्पनी १० स्थिर रहेका छ। 

कारोबार भएका सबै उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।

प्रमुख कारोबार

आज नेप्से बजारको टप गेनरमा मायाखोला हाईड्रोपावर रहेको छ, जसको ९.९८% मूल्य बढेर कारोबार भएको छ।सबैभन्दा धेरै गुमाउनेमा  बोट्लर्स नेपाल रहेको छ जसको सेयर मूल्य ७.६२% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा र  भोल्यूममा नेपाल लाइफ इन्स्योरेन्सको  कारोबार भएको छ।

Comments

Back to top