आज भैरहवा क्याम्पसमा चुनाव: अनेरास्ववियु एक्लै, अन्य संगठन गठबन्धन बनाएर भिडदै
बुधवार हुन गईरहेको भैरहवा क्याम्पसको स्ववियु निर्वाचनमा ७ जना अध्यक्षले चुनाबी प्रतिसपर्धा गर्दैछन् ।
पुर्वनिर्धारित तालिका चैत्र ५ गते भएता पनि विद्यार्थिहरु र निर्वाचन आयोगको विवादको कारण तीन दिनपछि निर्वाचन हुन गईरहेको छ ।
स्ववियु निर्वाचनमा एमाले निकटको विद्यार्थि संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)ले सिंगल प्यानल सहित चुनाबी प्रतिसपर्धामा होमिएको छ ।
चैत्र ५ गते निर्वाचन भएका देशभरका क्याम्पसमा अधिकांशमा प्यानल सहित निर्वाचन जितेको अनेरास्ववियुले सागर न्यौपानेको अध्यक्षतामा निर्वाचनमा होमिदा थप हौसिएको छ ।
सागर न्यौपानेको प्यानललाई स्वतन्त्र रुपमा अध्यक्षको उम्मेदवारी दिएका भिम भन्डारीले आफ्नो उम्मेदवारी निस्क्रीय पार्दै अनेरास्ववियुलाई समर्थन गरी चुनाबी प्रचारमा लागेपछि न्यौपाने झन बलियो उम्मेदवार बनेका हुन् ।
यसैगरी न्यौपानेसँग राप्रपा निकटको विद्यार्थि संगठन राष्ट्रिय प्रजातान्त्रीक विद्यार्थि संगठन र नेकपा माओवादी निकटको विद्यार्थि संगठन अखिल –क्रान्तिकारी) को संयुक्त प्यानलको अध्यक्ष मनिष ढकालले प्रतिसपर्धा गर्दैछन् ।
बिहान ८ बजेदेखि शुरु हुने निर्वाचनमा क्याम्पसको परिचयपत्र अनिवार्य रुपमा साथमा लिई आउने विद्यार्थिलाई निर्वाचनमा सहभागी गराईने मुख्य निर्वाचन आयुक्त इन्द्र बहादुर विश्वकर्माले बताए ।
Comments