प्रुडेन्सियल र आइएमई जनरलले मर्जर प्रस्ताव पारित गर्न बोलायो साधारण सभा !
प्रुडेन्सियल इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्सले मर्जर सम्बन्धी प्रस्ताव पारित गर्न विषेश साधारण सभा बोलाएको छ । दुबै कम्पनीले चैत्र २२ गते बुधबार अलग अलग स्थानमा विषेश साधारण सभा बोलाएको हो ।
प्रुडेन्सियलले होटल इच्छा, सिमरा, बारामा र आइएमई जनरलले लैनचौर बैक्वेट लैनचौर, काठमाडौंमा विहान ११ बजे विषेश साधारण सभा बोलाएको छ । दुबै कम्पनीको सभाले मर्जर सम्बन्धमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदन माथि छलफल गरी पारित गर्नेछ ।
मर्जर पश्चात निर्जीवन बीमा गर्ने कम्पनीको नाम आइजीई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड कायम गर्ने र नयाँ कम्पनीको दर्ता नम्बर, प्रबन्धपत्र नियमावली, मू.अ.क दर्ता प्रमाणपत्र नम्बर, बीमकको इजाजतपत्र नम्बर समेत साविक आइएमई जनरल इन्स्योरेन्सको कायम रहने प्रस्ताव पनि पारित गर्नेछ ।
मर्जर प्रयोजनका लागि गरिएको सम्झौता तथा मूल्यांकनकर्ताबाट प्राप्त प्रतिवेदन समेतको आधारमा तय भएको १ बराबर १ को स्वाप अनुपातलाई स्वीकृत गरी सभाले पारित समेत गर्नेछ ।
मर्जर पशचात बन्ने कम्पनीको अर्को साधारण सभा नभएसम्मको लागि यस कम्पनीबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरुको सञ्चालक समितिले गरेको मनोनयलाई पनि सभाले अनुमोदन गर्नेछ ।
आइजीई प्रुडेन्सियल इन्स्योरेन्सको रजिष्टर्ड कार्यालय तथा कर्पोरेट कार्यालय काठमाडौं महानगरपालिका वडा. १, नक्सालमा (हाल आइएमई जनरल इन्स्योरेन्स रहेको कार्यालय) मा रहने प्रास्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि प्रुडेन्सियलले चैत १७ गते बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार चैत १६ गतेसम्म कायम शेयरधनीहरु मात्रै सभामा सहभागि हुन सक्नेछन् ।
यस्तै आइएमई जनरलले चैत १३ गते बुक क्लाेज गर्ने जनाएकाे छ । त्यस अनुसार चैत १२ गतेसम्म कायम शेयरधनीहरु मात्रै सभामा सहभागि हुन सक्नेछन् ।
Comments