सुपरमाई र माया खोला हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत
सुपरमाई हाइड्रोपावर लिमिटेड र माया खोला हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत भएको छ । साेमबार दुबै कम्पनीकाे शेयर नेप्सेमा सूचीकृत भएको हो ।
सुपरमाई हाइड्रोपावरको ५० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानियलाई निष्काशन गरेको ५ लाख कित्ता शेयर, सर्वसाधारण शेयरधनीहरुलाई निष्काशन गरेको ५ लाख कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको ४० लाख कित्ता सहित ५० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको शेयरलाई नेप्सले न्युनतम १३० रुपैयाँ ७६ पैसादेखि ३९२ रुपैयाँ २९ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । त्यस आधारमा मंगलबारदेखि कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।
कम्पनीको शेयरलाई नेप्सेले एसएमएच कारोबार संकेत प्रदान गरेको छ ।
यस्तै माया खोला हाइड्रोपावरको पनि १ करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानियलाई निष्काशन गरेको १० लाख कित्ता शेयर, सर्वसाधारण शेयरधनीहरुलाई निष्काशन गरेको २४ लाख कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको ६६ लाख कित्ता सहित १ करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको शेयरलाई नेप्सले न्युनतम ८८ रुपैयाँ ५३ पैसादेखि २६५ रुपैयाँ ५९ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । त्यस आधारमा मंगलबारदेखि कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।
कम्पनीको शेयरलाई नेप्सेले एमकेएचसी कारोबार संकेत प्रदान गरेको छ ।
Comments