नेप्से इन्ट्राडे अपडेट: केही अङ्कको वृद्धि !
आज सोमबार नेप्से बजार ५ अंकले बढेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १९३० को नजिक आएको छ। ५.०१ अङ्कले बढेर नेप्से परिसूचक १९३१.४२ मा आएको हो। आज २ घण्टामा लगभग ५४ करोड २३ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी हो।
यस्तै, आजको टप गेनरमा युनिक नेपाल लघुवित्त रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा ग्रिन भेन्चर लिमिटेड रहेको छ।
Comments