नेप्से इन्ट्राडे अपडेट: केही अङ्कको गिरावट !
आज आइतबार नेप्से बजार ७.८० अंकले घटेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १९३४.२१ को नजिक आएको छ। १८.८५ अङ्कले घटेर नेप्से परिसूचक १९२५.५१ मा आएको हो। आज २ घण्टामा लगभग ४५ करोड ७ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी हो।
यस्तै, आजको टप गेनरमा मानुषी लघुवित्त र सुभम पावर रहेका छन् जसको १० % मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा सृजनशील लघुवित्त रहेको छ।
Comments