ग्लोबल आइएमई बैंकका ग्राहकलाई मेट्रो मार्टमा सामान किन्दा १० प्रतिशत छुट!
ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई मेट्रो मार्टका काठमाडौं भित्रका स्टोरहरूबाट सामान किन्दा १० प्रतिशतसम्म डिस्काउन्ट उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ एपबाट मेट्रो मार्टमा राखिएका स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत डिस्काउन्ट पाइनेछ । एक पटकको खरिदको १०० सम्म र योजना अवधिभर ३०० सम्म डिस्काउन्ट पाइने बैंकले जनाएको छ ।
बैंकको अनुसार यो योजना सिमित अवधिका लागि काठमाडौं उपत्यकाभित्रका मेट्रो मार्टको जोरपाटी, सानेपा, र पेप्सीकोला स्थित स्टोरहरुमा लागु हुनेछ । ग्लोबल आइएमई बैंकले ३६४ शाखा कार्यालय, ३६३ एटिएम, ३२१ शाखा रहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ ।
Comments