मल्टीपर्पोस फाइनान्स कम्पनी लिमिटेडले हकप्रद शेयर जारी गर्ने !
मल्टीपर्पोस फाइनान्स कम्पनी लिमिटेड (एमपीएफएल)ले हकप्रद शेयर निष्कासनको प्रक्रिया अघि बढाएको छ । फागुन २९ गते कम्पनीले हकप्रद शेयर जारी गर्ने स्वीकृतिका लागि धितोपत्र बोर्ड (सेबोन)सँग निवेदन बुझाएको थियो ।
सेबोनले उक्त हकप्रद सेयरको लागि अनुमति दिए चुक्ता पूँजीको ३५ प्रतिशत (१:०.३५) शेयरधनीहरूलाई वितरण गरिनेछ। एमपीएफएलको हालको चुक्ता पूँजी रु.४५.२० करोड रहेको छ तसर्थ ३५ प्रतिशत हकप्रद सेयर जारी गरेपछि कम्पनीको चुक्ता पुँजी रु. ६१.०२ करोड हुनेछ। यस फाइनान्सको शेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई तोकिएको छ ।
Comments