नेप्सेमा करेक्सन कायमै, कारोबार रकम १अर्ब १४ करोड १४ लाखमा सिमित !
आज विहिबार ५.३२ अङ्कले घटेर ०.२७% गिरावटका साथ नेप्से परिसूचक १९३३.३१ अङ्कमा बन्द भएको छ। कारोबार भएका २५८ कम्पनीमध्ये ९२ कम्पनी उकालो लागेका छन्, ११९ कम्पनी ओरालो लागेका छन् भने कम्पनी ३ स्थिर रहेका छ।
नेप्सेका उपसमूह
प्रमुख कारोबार
आज नेप्सेको सबै भन्दा बढी बढेको कम्पनि युनिक नेपाल लघुवित्त र सुभम पावर लिमिटेड रहेको छ, जसको १०% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा लक्ष्मी लघुवित्त रहेको छ जसको सेयर मूल्य ५.७६ % ले घटेको छ। सबैभन्दा धेरै टर्नओभर एनआईसी एशिया बैंक लिमिटेड र भोल्यूममा सिद्धार्थ बैंक लिमिटेडको प्रोमोटर सेयर कारोबार भएको छ।
Comments