बिपिडब्लु लघुवित्तको आईपीओ शुक्रबार बाँडफाँड हुने !
भोलि चैत्र ३ बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड गरिने भएको छ। यस लघुवित्त फागुन १८ गते देखि सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको थियो ।कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ।
लघुवित्तको अधिकृत पूँजी १० करोड रुपैयाँ, जारी पूँजी ३ करोड रुपैयाँ र चुक्ता पूँजी २ करोड ३ लाख रुपैयाँ रहेको छ । सर्वसाधारणलाई ९७ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन पश्चात लघुवित्तको चुक्ता पूँजी ३ करोड रुपैयाँ पुग्नेछ । लघुवित्तको आईपीओलाई क्रेडिट रेटिङ्ग एजेन्सी ईक्रा नेपाल लिमिटेडले ‘इक्रा एनपी आईआर डबल बी माइनस’ रेटिङ्ग प्रदान गरेको थियो ।
Comments