नेप्सेमा प्रभु बैंकको शेयर सूचीकृत।

सेन्चुरी कमर्सियल बैंकको प्राप्ति पश्चात कामय प्रभु बैंकको शेयर नेप्सेमा सूचीकृत भएको हो। प्रभु बैंकले सेन्चुरी कमर्सियल बैंकलाई एक बराबर एकको अनुपातमा प्राप्ति गरेको थियो।  सोहि अनुसार सेन्चुरी कमर्सियल बैंकको १० करोड ७७ हजार १९८.८५ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । 
प्रभु बैंकको १३ करोड ५३ लाख ४७ हजार ६९९ कित्ता र सेन्चुरी कमर्सियल बैंकको १० करोड ७७ हजार १९८.८५ कित्ता गरी अब प्रभु बैंकको कुल सूचीकृत शेयर २३ करोड ५४ लाख २४ हजार ८९९ कित्ता पुगेको छ। नेप्समा सेन्चुरी कमर्सियल बैंकको सूचीकरण पनि खारेज भएको छ ।

Comments

Back to top