नेप्सेमा गिरावट कायमै, अर्थमन्त्रिको नियुक्तिले निर्धारण गर्ला लगानीकर्ताको भविष्य ?
१९५३.९६मा ओपनिङ्ग दिएको नेप्सेले इन्ट्राडे लो १९२६.५७ बनाए पनि अन्तिम एक घण्टामा रिकभरी हुदा बजारले १९३८.६२ को विन्दुमा क्लोजिङ्ग दिन सफल भएको छ। बजारमा एकाएक ब्याजदार घट्दा पनि नेप्से नबढ्नुले बजारको घटाईको कारण राजनीतिक अन्यौलता रहेको जनाउछ। लगानीकर्ताले अर्थमन्त्रिको नियूक्ती पछि मात्र ठोस् निणर्य लिएर लगानी गर्ने आशंका राख्न सकिन्छ। पछ्छिलो समय बिष्णु पौडेलको नियुक्ति पश्चात लगानीकर्ता निकै सकारात्क भइ नेप्सेलाई २५ प्रतिशतको वृद्धि दिलाएका थिए। अहिलेको नँया सत्ता समीकरण हेर्दा अर्थमन्त्रालय नेपाली कांग्रेसले पाए डा. प्रकाश शरण महत या गगन थापा अर्थमन्त्री बन्न सक्ने देखिन्छ। यद्यपि महत देउबा निकट भएको कारणले उनकै पल्ला भारी भएको देखिन्छ।
डा. प्रकाश शरण महत
डा. प्रकाश शरण महत अमेरिकाको इलिनोइसको कर्बोन्डेलमा रहेको साउथर्न इलिनोइस विश्वविद्यालयबाट अर्थशास्त्रमा पीएचडी गरेका थिए भने युनिभर्सिटी अफ इलिनोइस एट अर्बाना–चेम्पेनबाट नीति अर्थशास्त्रमा स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालय, काठमाडौंबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन्। आर्थिक विकास, शान्ति प्रक्रिया र समसामयिक राजनीतिक विकासका लागि नीति पत्र, अनुसन्धान विश्लेषण र पत्रपत्रिकामा लेखहरू लेखेर शैक्षिक क्षेत्रमा उनि सक्रिय रहन्छन् । डा. महतको तीन दशकभन्दा बढीको सक्रिय राजनीतिक जीवन छ। उनले लोकतान्त्रिक आन्दोलन, द्वन्द्व समाधान र देशको शान्ति प्रक्रियामा सक्रिय सहभागिता जनाउँदै समावेशी आर्थिक विकासको एजेण्डालाई सदै अगाडि बढाई रहेका छन् । प्रकाशशरण महत नेपालका पूर्व परराष्ट्रमन्त्री हुन् । सन् २००२ देखि महत नेपालको प्रमुख लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको सदस्यका रूपमा कार्यरत छन् । उनले सन् १९७० देखि विद्यार्थी राजनीतिमा सक्रिय भएर आफ्नो राजनीतिक जीवनको सुरुवात गरेका थिए । उनले सन् १९८३ देखि १९८७ सम्म नेपाल विद्यार्थी संघको महासचिवको जिम्मेवारी सम्हालेका थिए । उहाँ सन् १९९० को जनआन्दोलनमा नेपाली कांग्रेसको तर्फबाट कार्य समितिको सदस्य हुनुहुन्थ्यो भने सन् १९९८ देखि १९९९ सम्म नेपाली कांग्रेसमा केन्द्रीय आर्थिक नीति समितिको सदस्यको रूपमा पनि काम गर्नुभएको थियो । महतले विभिन्न अवधिमा नेपालको व्यवस्थापिका र कार्यपालिकामा विभिन्न पदमा रहेर काम गरेका छन् । उहाँ सन् २००६ देखि २००८ सम्म अन्तरिम व्यवस्थापिका-संसदको सदस्य हुनुहुन्थ्यो। उहाँ सन् २००८ देखि मे २०१२ सम्म पहिलो संविधानसभाको सदस्य हुनुहुन्थ्यो र नोभेम्बर २०१३ देखि दोस्रो संविधानसभाको सदस्य पनि हुनुहुन्थ्यो।
Comments