एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर घोषणा
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक बर्ष २०७८/७९ को संचित नाफाबाट ८.५०% बोनस शेयर र कर प्रयोजनार्थ ०.४४७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
यस कम्पनिले हाल कायम चुक्ता पूँजी रु २ अर्ब ९० करोड ८१ लाख ११ हजार ७५ को ८.५% ले हुन आउने रु २४ करोड ७१ लाख ८९ हजार ४ सय ४२ बराबरको बोनस शेयर र ०.४४७% ले हुने रु १ करोड ३० लाख ९ हजार ९ सय ७० बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ।
Comments