अमेरिकामा बैंकिङ संकट, सिलिकन भ्याली पछि न्युयोर्कको सिग्नेचर बैंक पनि बन्द

अमेरिकामा बैंकिङ संकट गहिरिँदै गएकाे कारण बैंकहरु बन्द हुने क्रममा छन्। सिलिकन भ्याली बैंक बन्द भएको केहि दिन पछि फेरि अर्को न्युयोर्कस्थित क्षेत्रीय बैंक, सिग्नेचर बैंकमा ताला लगाइएको छ। सिग्नेचर बैंकमा क्रिप्टोकरेन्सीको स्टक थियो। त्यसको जोखिमका कारण यो बैंक केही समयका लागि बन्द गरिएको छ। 

न्युयोर्क स्टेटको फाइनान्स सर्भिस डिपार्टमेन्टका अनुसार फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसनले सिग्नेचर बैंक आफ्नो नियन्त्रणमा लिएको छ। २०२२ को अन्त्यसम्म यो बैंकको सम्पत्ति ११०.३६ अर्ब डलर रहेको थियो। 

फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसन र फेडरल रिजर्भले अन्य बैंकहरु सिलिकन भ्याली बैंकको संकटबाट प्रभावित नहोस् भनेर फन्ड तयार गर्ने  योजना गरिरहेका छन्। अमेरिकी फेडरल रिजर्भ बोर्ड अफ गभर्नरले बैठक बोलाइ यस संकटसँग जुध्न उपायहरुबारे छलफल गरेको छ। –एजेन्सी

Comments

Back to top