सिक्लेस हाइड्रोपावरले लाभांश वितरण

कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्तापुँजीको कुल १०.५२६ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ। यस कम्पनिको चुक्तापुँजी हाल रु ८५करोड रहेको छ। 

कम्पनीको चैत २० गते वार्षिक साधारण सभा बस्नेछ । यस्तै, सभामा सार्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन, प्रबन्धपत्र तथा नियमावली संशोधन, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका एजेन्डाहरु पेस हुने कम्पनीले जनाएको छ।


सभा प्रयोजनका लागि कम्पनीले चैत १३ गते बुक क्लोज गर्नेछ । चैत १२ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

Comments

Back to top