बिजनेस समिट २०२३ को टाइटल स्पोन्सरमा वर्ल्डलिंक कम्युनिकेशन रहने

नेपाल बिजनेस समिट २०२३ को टाइटल स्पोन्सरमा वर्ल्डलिंक कम्युनिकेशन रहने भएको छ ।

नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र नेपाल बिजनेस इन्स्टिच्युटको संयुक्त आयोजनामा बैशाखको दोस्रो हप्ता आयोजना हुने बिजनेस समिटमा वर्ल्डलिंक साझेदारी गरेको हो ।

‘वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र’ भन्ने मूल नारासहित अन्तराष्ट्र्रिय ढाँचामा आयोजना हुने शिखर सम्मेलनमा आर्थिक एवं बैंकिङ क्षेत्रको पछिल्लो आर्थिक अवस्था, टेलिकम्युनिकेशन क्षेत्र र डिजिटल नेपाल फ्रेमवर्कलगायतका बिषयमा राष्ट्रिय र अन्तराष्ट्रिय वक्ताहरुले आफनो प्रतिवेदन पेश गर्ने छन् ।

वर्ल्डलिंकको कार्यालय जावलाखेलमा टाइटल स्पोन्सरका लागी आयोजित हस्ताक्षर कार्यक्रममा वर्ल्डलिंकका तर्फबाट सञ्चालक मनोज अग्रवाल र नेपाल बिजनेस इन्स्टिच्युटकातर्फबाट कार्यकारी अध्यक्ष विशाल गैरेले हस्ताक्षर गरे ।

हस्ताक्षर कार्यक्रममा वर्ल्डलिंक सञ्चालक मनोज अग्रवालले डिजिटल प्रविधिसहितको आर्थिक विकास नै समृद्धीको मुल आधार भएकाले उद्ममशीलता र व्यवसायिक प्रवद्र्धनका लागि बिजनेस समिटमा साझेदारी गरेको बताए ।

त्यसैगरी सम्मेलन मुल आयोजक कमिटीका संयोजक समेत रहेका नेपाल बिजनेस इन्स्टिच्युटकातर्फबाट कार्यकारी अध्यक्ष विशाल गैरेले शिखर सम्मेलनले ठुला उद्योगको संरक्षण, साना, मझौला तथा स्टार्टअप उद्यमलाई प्रोत्साहन गर्ने, लगानीका नयाँ क्षेत्रको पहिचानसहित उत्पादनमूलक, रोजगारीमूलक, निर्यातमूलक क्षेत्रमा लगानी विस्तार गर्ने, उद्यमी–व्यवसायीले भौग्दै आएका नीतिगत र व्यवहारगत समस्याहरु समाधान गर्दै थप लगानी भित्र्याउने, निर्यात प्रवद्र्धन गर्ने र सो को लागि साझेदारी तथा लगानी गरी आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा टेवा पुर्उयाने उद्देश्य राखेको बताए ।

Comments

Back to top