लक्ष्मी कमर्शियल भेहिकलस्ले सएमएल इसुजुका गाडीहरुको फ्रि सर्भिस क्याम्प सुरु!

लक्ष्मी कमर्शियल भेहिकलस्ले सएमएल इसुजुका गाडीहरुको लागि एक हप्ताको निःशुल्क सर्भिस क्याम्प सुरु भएको छ । फागुन २९ गते सोमबारबाट सुरु भएको क्याम्प चैत ६ गतेसम्म संचालन हुनेछ ।

काठमाडौंको गुर्जुधारामा रहेको जिएफआई सर्भिस सेन्टरबाट कम्पनीले निःशुल्क सर्भिस क्याम्प संचालन गरेको हो ।

ग्राहकहरुले सामान्य मर्मत सम्भारमा लाग्ने लेबर चार्जमा पनि १०० प्रतिशत छुट, बिशिष्टिकृत मर्मत सम्भारमा लाग्ने लेबर चार्जमा ५० प्रतिशत सम्मको छुट, लुब्रिकेन्टहरुमा १५ प्रतिशत छुट, स्पेयर पार्टसहरुमा ५० प्रतिशतसम्मको छुट र विशेष गिफ्टहरु पाउने कम्पनीले बताएको छ ।

लक्ष्मी ग्रुप हुण्डाईका प्यासेन्जर कारहरु, बिएमडब्लुका कारहरुको नेपालको एक मात्र आधिकारिक बिक्रेता हो । लक्ष्मी ग्रुपले नै हिरो इलेक्ट्रिकका टु हिव्लर स्कुटरहरु र एसएमएल इसुजुका कमर्शियल गाडीहरुको आधिकारिक बितरक भै कार्य गरि आएको छ ।

लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी कमर्शियल भेहिकलस्ले नेपालमा एसएमएल इसुजुका कमर्शियल गाडीहरुको आधिकारिक बितरकको रुपमा कार्य गर्दै आएको छ । यसले भारतको चण्डिगढमा अवस्थित एसएमएल इसुजुको कारखानाबाट उत्पादित गाडीहरु नेपालमा आयात गरि नेपालको बजारमा बिक्री बितरण गर्ने र उक्त गाडीहरुलाई बिक्री पछिको सेवा पनि दिँदै आएको छ ।

Comments

Back to top