धितोपत्र बोर्डले साल्ट ट्रेडिङको गैर कानुनी शेयर कारोबारको विषयमा छानबिन सुरु गर्यो
साल्ट ट्रेडिङको गैर कानुनी शेयर कारोबारको विषयमा नेपाल धितोपत्र बोर्डले छानबिन अघि बढाएको छ। बोर्डको निगरानी ‘सर्भिलेन्स’ विभागले छानबिन अघि बढाएको हो।
“पछिल्लो समय साल्ट ट्रेडिङको दोस्रो बजारमा भएको शेयर कारोबारकाे विषयमा बोर्डले छानबिन अघि बढाएको छ” बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता मुक्तिनाथ श्रेष्ठले भने।
बोर्डमा साल्ट ट्रेडिङको गैर कानुनी शेयर कारोबारको विषयमा उजुरी परेको छ। सोही उजुरीको आधारमा बोर्डले छानबिन अघि बढाएको जनाएको छ।
Comments