नेप्सेमा गिरावट कायमै , कारोबार रकम १ अर्ब १६ करोड २५ लाख !
आज सोमबार २४.६८ अङ्कले घटेर १.२५ % गिरावटका साथ नेप्से परिसूचक १९५१.२१ अंकमा बन्द भएको छ। कारोबार भएका २५६ कम्पनीमध्ये २४ कम्पनी उकालो लागेका छन्, १८७ कम्पनी ओरालो लागेका छन् भने ५ कम्पनी स्थिर रहेका छ।
कारोबार भएका सबै उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारको टप गेनरमा शुभम् पावर रहेको छ, जसको ९.९८% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा खप्तड लघुवित्त रहेको छ जसको सेयर मूल्य ७.६२ % ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा एनआईसी एशिया बैंक लिमिटेडर भोल्यूममा अरुण भ्याली हाइड्रोपावर कारोबार भएको छ।
Comments