नेप्से इन्ट्राडे अपडेट: केहि अङ्कको गिरावट !
आज सोमबार नेप्से बजार २५.५१ अंकले घटेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १९५० को नजिक आएको छ। २५.५१ अङ्कले घटेर नेप्से परिसूचक १९५०.३८ मा आएको हो। आज २ घण्टामा लगभग ४ करोड ५१ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।
यस्तै, आजको टप गेनरमा शुभम् पावर रहेको छ जसको ९.९८% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा नाडेप लघुवित्त रहेको छ।
Comments