बजारलाई २०१५को एरियाबाट धक्का !!

अघिल्लो कारोबार दिन मात्र ५० अङ्क बढेर बन्द भएको नेप्सेमा आज भने २६.८० अंक घटेर १९७५.८९ विन्दुमा बन्द भएको छ। बैंकका ब्याजदर घट्ने, देशको अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको जस्ता खबर बजारमा आए पनि साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। कारोबार रकममा पनि वृद्धि भएको नेप्सेले तल्लो  सपोर्ट ट्रेन्ड लाइन टेस्ट गर्न जाने देखिन्छ जुन १८९०-१९१०को जोन हुन जान्छ। आज बजारले २०१५को प्रतिरोध पार गर्न सकेको भए २०८०-२१०० सम्मको लागी एउटा राम्रो ट्रेड सेट अप बन्ने थियो।  

बजारमा सानोसानो नोइजले नेप्से तलमाथि भएता पनि समग्रह रुपमा बजारले छिटै बुलिश यात्रा लिन सक्ने देखिन्छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको माघसम्ममा ६ खर्ब ८९ अर्ब ८८ करोड रेमिट्यान्स भित्रिएको छ जुन गत आर्थिक वर्षको यसै अवधिकसम्मको तुलनामा २७.१ प्रतिशत बढि हो।  समिक्षा अवधिमा शोधनान्तर स्थिति रु १३३ अर्ब २१ करोडले बचतमा रहेको देखिएको छ। अघिल्लो वर्षको सोही अवधिमा भने शोधनान्तर स्थिति रु २४७ अर्ब ३ करोडले घाटामा रहेको थियो। जसले अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको देखाउछ।  

Comments

Back to top