नेप्सेमा भारी अङ्कको गिरावट, कारोबार रकम १ अर्ब ६६ करोड ६९ लाख !
आज आइतबार २६.८० अङ्कले घटेर १.३४% गिरावटका साथ नेप्से परिसूचक १९७५.८९ अंकमा बन्द भएको छ। कारोबार भएका २६० कम्पनीमध्ये २६ कम्पनी उकालो लागेका छन्, १८६ कम्पनी ओरालो लागेका छन् भने २ कम्पनी स्थिर रहेका छ।
कारोबार भएका सबै उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारको टप गेनरमा शुभम् पावर रहेको छ, जसको ९.९८% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा गुडविल फाईनान्स रहेको छ जसको सेयर मूल्य ६.५५% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा शिवम सिमेंट्स र भोल्यूममा निफ्राको कारोबार भएको छ।
Comments