नेपाली बजारमा एक्साइडको नयाँ मोटरसाइकल ब्याट्री!
एक्साइड ब्राण्डको एक्सप्लोर नामक नयाँ ब्याट्री नेपाली बजारमा सार्वजनिक गरिएको छ । सबै प्रकारका मोटरसाइकलाई लक्षित गर्दै सिप्रदी ट्रेडिङले यसको बिक्री वितरण आरम्भ गरेको हो ।
कम्पनीका अनुसार ‘स्पिल प्र्रुफ’ डिजाइन गार्ड, ग्यास रिकम्बिनेसन प्रणाली, एवम् लिड क्याल्सियम प्रविधिजस्ता विशेषता यस ब्याट्रीमा छ ।
ब्याट्रीमा पानी कहिल्यै थप्नु नपर्ने र फ्याक्ट्रीबाट नै चार्ज भएर आउने कम्पनीले जनाएको छ । ‘एक्सप्लोरको डब्बामा पोली प्रोपिलिन प्लास्टिक र सिन्थेटिक रेजिनको प्रयोग गरिएको छ’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘४८ महिना लामो वारेन्टी भएको यस ब्याट्रीले प्रयोगकर्तालाई मर्मत सम्भारको झन्झट टाढा राख्दछ ।’
Comments