नागरिक लगानी कोषद्वारा सीएसआरअन्तर्गत रु. ७.५० लाख प्रदान

नागरिक लगानी कोषले ३३ औँ वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत ४ वटा संस्थालाई ७ लाख ५० हजार रुपैयाँ प्रदान गरेको छ। 

ती संस्थाहरुलाई बिहीबार कोषका कार्यकारी निर्देशक रमण नेपालले चेक हस्तान्तरण गरेका हुन्। 

सोही अवसरमा कोषले सशस्त्र प्रहरी बल, नेपाल खेलकुद तथा शारीरिक सुगठन शिक्षालयलाई ए डिभिजन डबल लिग खेल्न आवश्यक पर्ने खेलकुदलगायतका सामग्री खरिद गर्न १ लाख ५० हजार रुपैयाँको चेक प्रदान गर्यो। 

त्यसैगरी स्वास्थ्य क्षेत्रतर्फ अशक्त, अपांग भएका मस्कुलर डिस्ट्रोफीका बिरामीहरुको पुनस्र्थापनका लागि फिजियोथेरापी, एम्बुलेन्स र एकीकृत स्वस्थ्य शिविर सञ्चालनमा सहयोग पुर्याउने उद्देश्यले मस्कुलर डिस्ट्रोफी फाउन्डेसन–नेपाल, शंखरापुर काठमाण्डौलाई २ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको छ। 

Comments

Back to top