आत्मनिर्भर लघुवित्तको आईपीओ आइतबार बाँडफाँट हुने

फागुन ११ गतेदेखि १५ गतेसम्म आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपीओ आइतबार बाँडफाँट हुने भएको छ । प्रिअलाटमेन्टको काम सकाएपछि आइतबार बिहान बाँडफाँट गर्ने तयारी भएको कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको हो ।

कम्पनीको शेयरमा पछिल्लो तथ्यांक अनुसार १६ लाख भन्दा बढी आवेदकबाट १ अर्ब ७८ करोड रुपैयाँ बराबरको १ करोड ७८ लाख ८ हजार कित्ता शेयरको लागि आवेदन छ । यो सर्वसाधारणको लागि निष्काशन गरेको १ लाख ६९ हजार ७५५ कित्ता शेयरको करिब १०५ गुणाले बढी हो ।

लघुवित्तको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमद्धारा न्युनतम १० कित्ताका दरले शेयर वितरण हुनेछ । त्यस अनुसार १६ हजार ९७५ जनाले मात्रै शेयर पाउनेछन् ।

Comments

Back to top