टीसीएलद्वारा निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प सञ्चालन
टीसीएलका लागि नेपालको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्सले निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प सञ्चालन गर्ने भएको छ । कम्पनीले १५ फागुनदेखि निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प ल्याएको हो ।
यस योजनाअन्तर्गत ग्राहकले कुनै पनि ब्रान्डको एसीमा निःशुल्क एसी सर्भिसिङ पाउनुका साथै जुनसुकै अवस्थाको पुरानो एसी साट्न चाहेमा उक्त पुरानो एसीको उचित मूल्याङ्कनका साथ टीसीएलको एसीसँग साट्न सक्नेछन् ।
यो सुविधा र सर्भिस लिनका लागि ग्राहकवर्गहरुले ९८०३६२१९२४ र ९८६४४७५५६९ नम्बरमा अथवा इमेल मार्फत आफ्नो जानकारी रजिस्टर गराउनुपर्नेछ ।
यस योजनामा थप सुविधा प्रदान गर्दै कम्पनीले एसीको रिपेयरिङ गर्दा स्पेयर पार्टमा ५० प्रतिशतसम्म छुटका साथै नयाँ टीसीएल एसी खरिद गर्दा २५ प्रतिशतसम्मको विशेष छुट प्रदान गर्नेछ । नयाँ टीसीएल एसीहरूमा ५ वर्षको कम्प्रेसर वारेन्टी पनि रहेको कम्पनीले जनाएको छ ।
Comments