नेप्सेमा केही अङ्कको वृद्धि, कारोबार रकम १ अर्ब २० करोड ४४ लाख !
आज मंगलबार १४.४१ अङ्कले बढेर ०.७४% वृद्धिका साथ नेप्से परिसूचक १९५२.६६ अंकमा बन्द भएको छ। कारोबार भएका २६१ कम्पनीमध्ये १६३ कम्पनी उकालो लागेका छन्, ४५ कम्पनी ओरालो लागेका छन् भने ८ कम्पनी स्थिर रहेका छ।
कारोबार भएका १० उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारको टप गेनरमा शुभम् पावर रहेको छ, जसको १०% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा सि वाई सि नेपाल लघुवित्त रहेको छ जसको सेयर मूल्य ५.१८% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा साल्ट ट्रेडिंग र भोल्यूममा कुमारी धनवृद्धि योजनाको कारोबार भएको छ।
Comments