ईङवा हाइड्रोपावरको आइपिओ स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

 स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि  ईङवा हाइड्रोपावर लिमिटेडले साधारण शेयरको बिक्री खुला गरेको छ। 

लिमिटेडको आफ्नो जारी पूँजी रु ६०,००,००,०००/- (अक्षरेपी साठी करोड रुपैया मध्ये ३०% अर्थात् रु १८ करोड रकम बराबरको रु १०० अंकित दरका १८,००,००० कित्ता साधारण शेयर मध्ये जारी पूँजीको १०% अर्थात रु ६,००,००,०००/- (अक्षरपी छ करोड रुपैया मात्र रकम बराबरको रु.१००/- अंकित दरका ६,००,००० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु ताप्लेजुङ्ग जिल्लाको सिदिङवा गा.पा. वडा नं. ३ (साविक आनखोप गा.वि.स वडा न. ३,६,८,९), पांचथर जिल्लाको याङवरक गा.पा., वडा न. २ (साविक फलैचा गा.वि.स. वडा न. १) र वडा न. ३ (साबिक ओयाम् गा.वि.स. वडा नं २) तथा सर्वसाधारण शेयरधनीहरुमा निष्काशन हुने कम्पनीको जारी पूजीको २०% अर्थात रु.१२,००,००,००० (अक्षरेपी बाह्र करोड रुपैया मात्र रकम बराबरको प्रति शेयर अंकित मूल्य रु. १००/ दरको १२,००,००० कित्ता शेयर मध्येको १०% अर्थात १,२०,००० कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आज मिति २०७४ फागुन २१ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरिएको छ। 

निष्काशन अवधि मिति २०७८ चैत्र ५ गते बैंकिङ समयसम्म खुल्ला रहने छ। रितपूर्व आवेदन नआए आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि निष्काशन चैत्र २० गते सम्म खुल्ला रहने छ।

Comments

Back to top