बजार महत्तोपूर्ण सपोर्ट नजिक, आर एस् आइ ओभरसोल्ड जोनमा !

साताको पहिलो कारोबार दिन आज आइतबार ३०.७७ अङ्कले घटेर १.५६% गिरावटका साथ नेप्से परिसूचक १९३८.२५ अंकमा बन्द भएको छ। यससंगै बजारका अधिकाँश स्क्रिप्टहरु भ्यालु जोनमा आउन थालेका छन्।  २०४०को प्रतिरोध पार गर्न नसकेकाले च्यानल भित्र जान नसकेको बजारले अब १८८५को सपोर्ट टेस्ट गर्न जाने देखिएको छ।  आर एस् आइ केहि एता ३० भन्दा मुनि आएको छ जसले बजार ओभर सोल्ड जोनमा आएको देखाउछ।  स्टोक्यास्टिस आर एस् आइ 0.0को लेभलमा रहेकाले अब बजारले छिट्टै रिभर्सल दिन सक्ने सम्भावना देखिन्छ।  प्राय बैंकहरुले आफ्नो प्रिमियम ब्याजदर घटाउन थालेकाले पनि बजार सकारात्मक दिशा तिर आउन सक्ने देखिन्छ।  
यस समयमा लगानीकर्ताले सेयर बेच्नु भन्दा एभरेजिङ्ग या होल्ड गर्नु उपयुक्त देखिन्छ।  बजारलाई अबको सपोर्ट १९२० र १८८५ देखिन्छ भने प्रतिरोध १९७०को एरियामा देखिन्छ।  

Comments

Back to top