नेप्सेमा भारी अङ्कको गिरावट, कारोबार रकम १ अर्ब ३९ करोड २३ लाख !

आज आइतबार ३०.७७ अङ्कले घटेर १.५६% गिरावटका साथ नेप्से परिसूचक १९३८.२५ अंकमा बन्द भएको छ। कारोबार भएका २५९ कम्पनीमध्ये १८ कम्पनी उकालो लागेका छन्, १९६ कम्पनी ओरालो लागेका छन् भने २ कम्पनी स्थिर रहेका छ। 

कारोबार भएका सबै उप-समुहहरुको सेयर मूल्य  ओरालो लागेका छन्।

प्रमुख कारोबार 

आज नेप्से बजारको टप गेनरमा सुपर माडी हाईड्रोपावर रहेको छ, जसको १०% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै  समलिंग पावर कम्पनी रहेको छ जसको सेयर मूल्य १०% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा हिमालयन डिष्टिलरी  र भोल्यूममा शिवम सिमेंट्सको  कारोबार भएको छ।

Comments

Back to top