बिपिडब्लु लघुवित्तको आइपीओ माग भन्दा बढि!

बिपिडब्लु लघुवित्तको आइपीओमा ६९ करोड ३६ लाख ३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

सीडीएसका अनुसार ६ लाख २२ हजार ७२० जनाले ६९ लाख ३६ हजार ३० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ८५.६८ गुणा बढी आवेदन हो । 

यसमध्ये १०% अर्थात् ९ हजार ७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरिसकेको छ ।

सर्वसाधारण लगानीकर्ताले यसमा फागुन २३ गतेसम्म आवेदन दिन पाउनेछन् । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन पाइनेछ । 

 

Comments

Back to top