लाल्टिन साप्ताहिक समीक्षा !

निरन्तर घट्दो क्रममा रहेको नेप्सेमा यस साता पनि ५५. १९ले गिरावट भएको छ। यस साताको पहिलो कारोबार दिन आइतबार २०१६.५४ को बिन्दुमा खुलेको नेप्सेले करिब २.७ प्रतिशत गुमाउदा साताको अन्तिम कारोबार दिन बिहिबार सूचक १९६७.४५ को बिन्दुमा पुगी क्लोजिङ्ग दिएको छ।   

नेप्से उप-समुह (Sub-Index)


यस साताको टप गेनर्स (Top Gainers)


यस साताको टप लुजर्स (Top Losers)


यस साताको टप खरिद भएका कम्पनी (Top Bought)


यस साताको टप बिक्रि भएका कम्पनी (Top Sold)


प्राविधिक विश्लेषण

यस साताको क्लोजिंग मिडल ब्याण्ड भन्दा करिब ३२ अङ्क तल भएको छ। एमएसिडि लाईन यस साता +१२.६५बाट घटेर ३.९१ मा आएको छ र हिस्टोग्राम यो साता घटेर पोजिटिभ २१.४९ बाट १०.२० मा पुगेको छ जसले बजारमा खरिद चाप घटिरहेको देखाउँछ ।  जिरो लाईन भन्दा तल रहेको सिग्नल लाईन बढेर -६.२९ मा आएको छ। -१४ डिएमआई लाईनलाई +१४ डिएमआई लाईनले तलबाट क्रस गरेको बजारमा ए.डी.एक्स २१.८९  मा रेहको छ जसले बजारको बुलिश मोमेन्टम घटेको जनाउछ। -१४ डिएमआई लाईन र +१४ डिएमआई लाईन नजिकिदै गएको छ जसले बजार फेरी बियरिश हुन सक्ने सम्भावना देखाउछ।  आरएसआइ ४७.८३ बाट घटेर ४४.४८ मा आएको छ जसबाट आरएसआइको मोमेन्टम फेरी घट्न थालेको देखिन्छ ।
संग्रहमा हेर्दा बजारमा बियरिश कन्फिर्मेशन नभएको तर बुलिश सेन्टिमेन्ट भने घट्दो क्रममा रहेको अनुमान लगाउन सकिन्छ।  नेप्सेको आगामी दिनको नजिकको सपोर्ट अब १८६० को एरिया हुन्छ र नेप्सेको अवरोध २००० को एरिया रहेको देखिन्छ। बजारमा फेरी ब्याजदर घटेको खबर चलिरहदा, मिडल ब्याण्ड भन्दा मुनि बजारले क्लोजिङ्ग दिए पनि बजारमा पोजेटिभ सेन्टिमेन्ट आउन सक्ने अनुमान लगाउन सकिन्छ।  

Comments

Back to top