मानसिक तनावका पनि फाइदा !

तनावको नाम लिनेवित्तिकै मानिसमा नकारात्मक सोच आइहाल्छ । यस्तो किन पनि हुन्छ भने तनाव खासगरी नकारात्मक नै मानिन्छ । तर तनाव राम्रो र सकारात्मक पनि हुन्छ भन्दा तपाइलाई अचम्म लाग्न सक्छ । तनाव दुई प्रकारका हुन्छन्, गुड स्ट्रेस र ब्याड स्ट्रेस भनिन्छ ।

गुड स्ट्रेसलाई व्यक्तिकाम लागि राम्रो मानिन्छ किनकि यसले शारीरिक रुपमा मात्रै होइन मानसिक रुपमा पनि फाइदाजनक हुन्छ।

एक अध्ययनअनुसार जसरी सुई लगाउने विषयले बिरामीलाई आनन्दानुभुति हुन्छ, त्यसैगरी सही प्रकार र मूल्यको तनाव हुन्छ भने व्यक्ति आफैंले तनावलाई नराम्रो हुनबाट रोक्न सफल हुनसक्छ । यसबाहेक तनावका केही फाइदा छन् :

–तनावका कारण व्यक्तिलाई अप्ठेरोको सामना धेरै सजिलो गरी गर्न सिकाउँछ ।

–तनावमा परेमा व्यक्तिले भविष्यमा यस्ता अवस्थालाई धेरै राम्रो गरी सम्हाल्न सक्छ।

–व्यक्तिलाई आफूलाई तनावमुक्त राख्न सिकाउँछ ।

–मानिसलाई कुन कुराको तनाव लिने कुन कुराको नलिने भन्ने पनि तनावले नै सिकाउँछ ।

–तनावका समयमा चालिने कदमले मानिस डिप्रेसनमा पुग्ने खतरा कम हुन्छ ।

–तनावबाट मुक्त भएपछि मानिसहरुमा आत्मविश्वास बढ्छ । कुनै पनि अवस्थाको सामना गर्न सिक्छ ।

–छोटो समयको तनावले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

 

Comments

Back to top