रिलायन्स लाइफ र सानिमा लाइफले मर्जरको लागि पायो अन्तिम स्वीकृति
नेपाल बीमा प्राधिकरण रिलायन्स लाइफ र सानिमा लाइफले मर्जरको लागि अन्तिम स्वीकृति दिएको छ । यी दुबै कम्पनीले संयुक्त कारोबार लागी प्राधिकरणले अन्तिम स्वीकृति दिएको हो। दुबैं कम्पनीले चैतको दोस्रो साताभित्र एकिकृत कारोबार गरिसक्ने तयारी गरेको स्रोतले जनाएको छ ।
हाल सानिमाको चुक्ता पूँजी २ अर्ब ८ करोड रुपैयाँ छ भने रिलायन्सको २ अर्ब १० करोड रुपैयाँ रहेको छ । यदि बराबरी हैसियतमा मर्जर भएमा चुक्ता पूँजी ४ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ । बीमा समितिले पछिल्लो समय निर्देशन गरे अनुसार जीवन बीमा कम्पनीहरुले न्युनतम चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुर्याउनु पर्नेछ ।
स्वाप रेसियो डिडिए पछि मात्रै तय हुने कम्पनीहरुले जनाएका छन् ।
Comments