लाल्टिन हट टेक : ग्रिन भेन्चर्स लिमिटेड (GVL)

चैत्र ८, २०७८मा ग्रिन भेन्चर्स लिमिटेड कम्पनीले ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार कित्ता शेयर निष्काशनमा ल्याएको थियो । कम्पनीले निष्काशन गरेको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डवल बी आईएस रेटिङ्ग प्रदान गरेको थियो। प्रति मेगावाट लागत २३ करोड ५ लाख रुपैयाँ लागेको कम्पनीले ओखलढुंगामा लिखु–४ जलविद्युत आयोजना (५२.४ मेगावाट) को निर्माण कार्य २०७८ पुस ३० गते सम्पन्न गरी विद्युत उत्पादन गरिरहेको छ। लिखु–४ जलविद्युत आयोजनाबाट निस्केको पानीलाई पुनः प्रयोग गरी लिखु–४ क्यासकेड जलविद्युत आयोजना निमार्ण गर्ने भावी योजना कम्पनिको रहेको छ।  कम्पनीले आर्थिक वर्ष २०८०/८१ सम्ममा सञ्चित नाफा ३२ करोड ९ लाख ६० हजार रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ भने   आर्थिक वर्ष  २०७९/८०को प्रथम अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा १९ करोड ४५ लाख ९० हजार रहेको छ।  यस अवधि सम्म प्रति सेयर आम्दानी ६.२३(२४.९१ बार्षिकरण) रहेको छ र प्रति सेयर नेट वोर्थ १०२.६६ रहेको छ।

प्राविधिक विश्लेषण
हाल सम्मको यस कम्पनिको प्राविधिक चार्ट हेर्दा डबल बटम बनेको देखिन्छ। डबल बटम प्याटर्न स्टक चार्टमा देखा परेपछि स्टक डाउनट्रेन्डबाट अपट्रेन्डमा जाने संकेत गर्दछ। दुई बटमहरू लगभग बराबर लेभलमा हुन्छन् र तिनीहरू एक चुचुरो द्वारा विभाजित हुन्छन् जसलाई "नेकलाइन" भनिन्छ। डबल बटम प्याटर्नलाई बुलिश संकेत मानिन्छ, यो ढाँचा पूरा भएपछि स्टकको मूल्य बढ्न सक्छ भन्ने संकेत गर्दछ। खरिदकर्ताले दुई पटक समान स्तरमा बजारमा प्रवेश गरे पश्चात बनेका बटमलाई बलियो सपोर्ट भनेर पनि मान्न सकिन्छ। जी.भी.एल (GVL)ले २०२२ जुन ७मा २६०को बटम बनाएको थियो र त्यसपछि करिब ५७ प्रतिशतको बढोत्तरीका साथ ४१० को बिन्दुमा नेकलाइन बनाएको थियो।  ४१०को बिन्दुबाट आएको करेक्सन २०२२ नभेम्बर १४ मा २७१ बिन्दुमा आएर रोकिएको थियो र त्यस पछाडी सेयरको मूल्य बढ्दो क्रममा छ।  यस संगै जी.भी.एलले डबल बटम बनाएको पुष्टी भएको छ।  हालै जी.भी.एलले ४१०को नेकलाइनलाई ब्रेक आउट दिएको छ।  तसर्थ यस कम्पनिको सेयर बटमबाट नेकलाइनसम्म जति बढेको थियो त्यति प्रतिशत नै (५७ %)ले आगामी दिनमा प्रोफिट दिन सक्ने आकलन लगाउन सकिन्छ।   
रिवार्ड टु रिस्क करिब १० गुना भएको यस कम्पनिमा राम्रो ट्रेड सेटअप बनेको देखिन्छ।  

Comments

Back to top