१५ महिना वारेन्टी भएको एक्साइडको नयाँ विद्युतीय रिक्सा ब्याट्री नेपाली बजारमा बिक्रीवितरण सुरु!
सिप्रदी ट्रेडिङ प्रालिले एक्साइड ब्रान्डको विद्युतीय रिक्सामा प्रयोग हुने नयाँ ई–रिक्सा ब्याट्रीको नेपाली बजारमा बिक्रीवितरण सुरु गरेको छ। एक्साइड ब्रान्डको ई–रिक्सा ब्याट्री नेपालको एकमात्र १५ महिना लामो वारेन्टी भएको ब्याट्री हो।
विश्व प्रसिद्ध एक्साइड ब्रान्डको ई–रिक्सा ब्याट्रीहरु फ्याक्ट्रीबाट पहिले नै चार्ज हुने भएकोले सिधा जडान गर्न सकिनेछ। यसका साथै विशेष अलोई प्रणाली भएका यी ब्याट्रीहरुले छिटो चार्ज हुनुका साथै प्रशोधित पानीको पनि कम खपत गर्छन्।
यसैगरी यिनीहरुमा ‘रगेड ट्युवलर पोजिटिभ प्लेट’को विशेषता भएकोले यसले विद्युतीय रिक्साको भार तान्न सक्ने क्षमतामा अधिकतम वृद्धि गर्दछ। आफ्नो उत्कृष्ट रासायनिक एवं अन्य गुणहरुका कारण यो नयाँ उत्पादनले छोटो समयमै ग्राहकहरुको मन जित्नेमा सिप्रदी ढुक्क छ।
कम्पनीका अनुसार कुनै पनि पुरानो ब्याट्री साटेर नयाँ एक्साइड ब्याट्री पनि ग्राहकले प्राप्त गर्न सक्नेछन्।
Comments