लाल्टिन मासिक समिक्षा
गत महिना ४.०७%ले बढेको नेप्से यो महिना ४.३४%ले घटेको छ।। यस महिनाको पहिलो कारोबार दिन २१११.४४को बिन्दुमा खुलेको नेप्से २२१३.८९ को उच्च बिन्दुसम्म पुगे पनि क्लोजिङ्ग २०१९.९३ को बिन्दुमा भएको छ। निरन्तर चार महिना देखि बढेको नेप्सेमा यस महिना प्रोफिट बुकिङ्ग देखिएको छ।
यस महिना सर्वाधिक घट्ने उप-समुहमा माइक्रो फ़ाइन्यन्स पर्न गएको छ।
यस महिनाको टप गेनर्स (Top Gainers)
यस महिनाको टप लुजर्स (Top Losers)
यस महिनाको टप खरिद भएका कम्पनी (Top Bought)
यस महिनाको टप बिक्रि भएका कम्पनी (Top Sold)
प्राविधिक विश्लेषण
बिगत चार महिना देखि लोवर ब्याण्ड छोडेर मिडल ब्याण्ड तर्फ गति लिइ रहेको बजारले मिडल ब्याण्ड भन्दा मुनिबाट नै करेक्सन सुरु गरेको छ। बढ्दो क्रममा रहेको एमएसिडि लाईन यस महिना भने जिरो भन्दा मुनि -२५.४१ बाट -३२.५९मा आएर घटेको छ। नेगेटिभ हिस्टोग्राम घट्दो क्रममा अहिले -८५.८०बाट -७४.३८मा आइपुगेको छ जसले बजारमा क्रमश खरिद बढिरहेको देखाउँछ । जिरो लाईन भन्दा माथि नै रहेको सिग्नल लाईन घटेर ४१.४९ मा आएको छ। तसर्थ एमएसिडि लाईन र सिग्नल लाईनको दुरी घटिरहेको देखिन्छ र छिटै गोल्डेन क्रसको अपेक्षा राख्न सकिन्छ। -१४ डिएमआई लाईनलाई +१४ डिएमआई लाईनले तलबाट क्रस गरेको बजारमा ए.डी.एक्स २३.९३ मा आएको छ र अब ए.डी.एक्स लाइन माथि फर्किए बजारमा बुलिश मोमेन्टम बलियो बन्नेछ। ४०को बिन्दुलाई सपोर्ट बनेको आरएसआइ बढेर ४६.४३ मा आएको छ जसबाट आरएसआइको मोमेन्टम बढ्ने क्रममा रहेको देखिन्छ।
यस महिना करेक्सन भएता पनि कारोबार रकम ३६ अर्ब ७१ करोडमा झरेको हुनाले बजारले फेरी बुलिश गति लिने आकलन लगाउन सकिन्छ। अब बजारका लागि नजिकको प्रतिरोध २१३०को एरिया रहन्छ भने सपोर्ट १८४०को बिन्दुमा देखिन्छ।
Comments