नेप्सेमा भारी अङ्कको गिरावट, कारोबार रकम १ अर्ब २८ करोड ८३ लाख !
आज बुधबार २४.४४ अङ्कले घटेर १.२१% गिरावटका साथ नेप्से परिसूचक १९९५.४९ अंकमा बन्द भएको छ। कारोबार भएका २५७ कम्पनीमध्ये २० कम्पनी उकालो लागेका छन्, १८९ कम्पनी ओरालो लागेका छन् भने ७ कम्पनी स्थिर रहेका छ।
कारोबार भएका सबै उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारको टप गेनरमा आदर्श लघुवित्त रहेको छ, जसको १०% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा बोटलर्स नेपाल रहेको छ, जसको सेयर मूल्य ९.६१% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा अपर तामाकोशी हाईड्रोपावर र भोल्यूममा एन आइ सि एसिया ब्यालेन्सड फण्डको कारोबार भएको छ।
Comments