सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश प्रस्ताव सहित बोलायो साधारण सभा

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले १८औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको फागुन १५ गतेका दिन बसेको संचालक समितिको बैंठकले सभा चैत १८ गते बस्ने निर्णय गरेको हो ।

सभाले आर्थिक बर्ष २०७८।७९को संचित मुनाफाबाट चुक्ता पुँजीको ८ दशमलव ५३४ बोनश शेयर र ० दशमलव ४४९ नगद लाभांस गरी कुल ८ दशमलव ९८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाले गत आर्थिक वर्षको वित्तिय विवरण, वासलात, लेखापरिक्षण लगायतका अन्य महत्वपुर्ण प्रस्तावहरु पारित गर्ने छ ।

बैंकले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि फागुन २८ गतेदेखि चैत १७ गते सम्म शेयर दाखिला खारेज बन्द रहेने भएको छ ।

Comments

Back to top