समिट लघुवित्तको बोनस सेयर घोषणा

समिट लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर सेयरधनीहरुलाई उक्त बोनस वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले बोनस सेयर १३.५६ प्रतिशत र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । प्रस्ताव गरिएको बोनस सेयर तथा नगद लाभांश नियामक नेपाल राष्ट्र बैंक र समिटको चौथो वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिने कम्पनीले जनाएको छ । 

Comments

Back to top