नेप्सेमा केही अङ्कको गिरावट, कारोबार रकम १ अर्ब ३५ करोड ९७ लाख !
आज मंगलबार ३.८१ अङ्कले घटेर ०.१९% गिरावटका साथ नेप्से परिसूचक २०१९.७३ अंकमा बन्द भएको छ। कारोबार भएका २६२ कम्पनीमध्ये ७१ कम्पनी उकालो लागेका छन्, १३५ कम्पनी ओरालो लागेका छन् भने ११ कम्पनी स्थिर रहेका छ।
कारोबार भएका १० उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारको टप गेनरमा आधिखोला लघुवित्त, आदर्श लघुवित्त र खप्तड लघुवित्त रहेका छन, जसको १० % मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा प्रिमियर इन्स्योरेन्स रहेको छ, जसको सेयर मूल्य ३.८५% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा र भोल्यूममा युनिभर्सल पावर कम्पनीको कारोबार भएको छ।
Comments