नेप्से इन्ट्राडे अपडेट: केही अङ्कको वृद्धि!

आज मंगलबार नेप्से बजार ६ अंकले बढेको छ।   

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २०३० को नजिक आएको छ। ६.७५ अङ्कले बढेर नेप्से परिसूचक  २०३०.२९ मा आएको हो। आज २ घण्टामा लगभग  ५४ करोड  ८० लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।

यस्तै, आजको टप गेनरमा  आदर्श लघुवित्त रहेको छ जसको  १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा सामुदायिक लघुवित्त रहेको छ।

Comments

Back to top