नेप्सेले पचायो पौडेलको अर्थमन्त्रालयबाट बहिर्गमन

आज बसेको एमाले सचिवालय बैठकले प्रधानमन्त्रीले सहमति पालना  नगरेका कारणले सरकारबाट बाहिरिने निर्णय गरेको केन्द्रीय प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिएका थिए। जसको असर आज नेप्सेमा पनि देखिएको थियो।  बिष्णु पौडेल अर्थमन्त्रि बने पश्चात सेयर बजार सकारात्मक हुने सोच राखेकाहरुले  उनको बहिर्गमनसंगै बजारमा प्यानिक आउने आकलन गरेका थिए।  तर बजारले त्यसको विपरित सङ्केत गरेको छ।  नेकपा एमाले सरकारबाट बाहिरिने खबर आए पश्चात बजारमा बिक्रि चाप आएता पनि सबै सप्लाई अवशोषण भएको छ।  सप्लाईका कारण १९९०को बिन्दु सम्म बजार पुगे पनि सो सप्लाईलाई बुलहरुले अवशोषण गर्दिदा बजारले जम्मा ३.६५बिन्दु गुमाएर २०२३.५४मा क्लोजिङ्ग दिएको छ।  
यद्यपि बजारले अझै च्यानल भित्र क्लोजिङ्ग नगरिसकेकोले बजारमा इन्ट्री गर्न केहि समय कुर्नु पर्ने देखिन्छ।  आगामी दिनका लागि नेप्सेको प्रतिरोध च्यानलको लोवर लाइन (२०४२-२०४०) रहन्छ।  

Comments

Back to top