नेप्से इन्ट्राडे अपडेट: भारी अङ्कको गिरावट!
आज सोमबार नेप्से बजार ३२ अंकले घटेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १९९५ को नजिक आएको छ। ३२.०२ अङ्कले घटेर नेप्से परिसूचक १९९५.१६ मा आएको हो। आज २ घण्टामा लगभग १ अर्ब ३ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।
यस्तै, आजको टप गेनरमा सिटिजनस् म्युचल फण्ड रहेको छ जसको ३.५१% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा राप्ती हाईड्रो एण्ड कन्स्ट्रक्सन रहेको छ।
Comments