ग्राहकलाई सचेत गराउन बजाजले गर्यो क्याम्पेन सञ्चालन

हंसराज हुलास चन्द एण्ड कम्पनीले बजारमा नक्कली स्पेयर पार्ट्सको विगविगीबाट ग्राहकलाई सचेत गराउन क्याम्पेन सञ्चालन गरेको छ ।

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक रहेको यस कम्पनीले उपभोक्ताहरुलाई सचेत गराउन सुनेर हैन हेरेर मात्र पत्याउँ नामक क्याम्पेन सञ्चालन गरेको छ ।

कम्पनीले ग्राहकलाई बजाजको स्पेयर पार्ट्स आधिकारिक वर्कसपहरुमा मात्र किन्न आग्रह गरेको छ । आधिकारिक वर्कसपहरुमा पाइने गुलाबी स्टिकर टाँसिएका स्पेयर्स पार्ट्सहरु मात्र सक्कली रहेको कम्पनीले बताएको छ ।

Comments

Back to top