जगदम्बा स्टील्सले प्रिमियम मूल्यमा आइपिओ जारी गर्ने
जगदम्बा स्टील्स लिमिटेडले प्रथम वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको गत फागुन ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चैत १ गते साधारणसभा गर्ने भएको छ । उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय नक्साल, काठमाडौंमा विहान ११ः३० बजे आयोजना गर्ने कम्पनीले जनाएको छ ।
सभाले प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारणसभा मार्फत बोनश शेयर वितरणको प्रस्ताव पारित गरेको छ । तर के कति बोनस शेयर भने खुलाएको छैन । सभाले कम्पनीको अधिकृत, जारी र चुक्तापूँजी वृद्धि गर्ने प्रस्तावलाई समेत पारित गर्नेछ ।
साथै गत आर्थिक वर्ष २०७८र ०७९ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू गर्दै चालू आर्थिक वर्षको लागि लेखापरिक्षण नियुक्त र निजको पारिश्रमिक निर्धारण लगायतका प्रस्ताव पारित गर्ने जनाएको छ ।
सौर्य सिमेन्ट इण्डष्ट्रिजले डाक्यो साधारणसभा, प्रिमियममा आइपीओ जारी गर्ने छ । साथै, स्वतन्त्र संचालक नियुक्त गर्नेछ ।
Comments